Breaking News.... EverestOnlineKhabar
June 6, 2026

भूतपूर्व हुन लागेका सांसदमार्फत चुनावको मुखमा १० अर्ब बाँडिदै

Loading

काठमाडौ,२९ भदौ ।
सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ। प्रतिनिधिसभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ। तर, यतिबेला सरकारले म्याद सकिन लागेका सांसदहरुमार्फत अर्बौं रुपैयाँका योजना निर्वाचन क्षेत्रमा पठाउने तयारी गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी प्रतिनिधिसभा चुनावलाई प्रत्यक्ष प्रभाव पार्ने गरी रुपान्तरित सांसदका ५ सय ९१ सांसदले निर्वाचन क्षेत्र विकास र पूर्वाधार विशेष कार्यक्रमका नाममा पदावधि सकिनुअघि नै सबै निर्वाचन क्षेत्रमा सवा चार करोड रुपैयाँका दरले खर्च गर्न पाउने गरी रकम बाँड्न दिने निर्णय गरेको छ।
प्रतिनिधिसभा चुनावको मुखमा सांसदहरुले त्यति ठूलो रकमको योजना बाँडेर खर्च गर्न पाउँदा मतदाता प्रभावित हुने भएकाले निर्वाचन परिणाममा प्रत्यक्ष–अप्रत्यक्ष असर पर्ने र त्यसबाट निर्वाचन आचारसंहिता उल्लंघन हुने चिन्ता निर्वाचन आयोगका अधिकारीहरुको छ।
आगामी प्रतिनिधिसभा चुनावमा यिनै बहालवाला सांसदहरु नै उम्मेदवार हुने सम्भावना बढी छ। ती अधिकारीका अनुसार त्यति रकम बाँडेका सांसदहरुलाई आगामी चुनावमा नयाँ उम्मेदवारसँग प्रतिस्पर्धा गर्न सहज हुनेछ। आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले त्यसरी योजना कार्यान्वयन गर्न लागिएको भए निर्वाचन आचारसंहिताविपरीत हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed