Breaking News.... EverestOnlineKhabar
June 6, 2026

भारतलाई झट्काःअमेरिकासँग किनेको तोप परीक्षणमा असफल

Loading

नयाँदिल्ली,२८ भदौ ।
भारतले अमेरिकासँग किनेको एम ७७७ अल्ट्रालाइट होवित्जर तोपको परीक्षण असफल भएको छ । हालै पोकरण फायरिङ्ग रेन्जमा गरिएको परीक्षणमा उक्त तोप असफल भएको हो । सैन्यस्रोतका अनुसार परीक्षणका क्रममा तोपको गन ब्यारेल नै फुटेको थियो ।
उक्त घटनामा कुनै मानवीय क्षति भने भएको छैन । तोपको गन ब्यारेल कसरी फुट्यो भन्नेबारे अनुसन्धान सुरु गरिएको जनाइएको छ । हाल यो तोपको थप परीक्षणमा समेत रोक लगाइएको छ ।
अमेरिकासँगको सम्झौता अन्तर्गत भारतले यस्ता एक सय ४५ तोप खरिद गर्ने भएको थियो । प्रत्येक तोपको मूल्य ३९ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । यो तोप हलुको र आकारमा समेत सानो भएका कारण सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed