Breaking News.... EverestOnlineKhabar
June 5, 2026

उपप्रधानमन्त्री गच्छदारद्वारा आचारसंहिता फिर्ता लिन निर्वाचन आयोगलाई आग्रह

Loading

मोरङ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले निर्वाचन आयोगप्रति पुनः असन्तुष्टि व्यक्त गरेका छन । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री गच्छदारले आयोगले निर्वाचनको तीन महिना अघि आचारसंहिता जारी गर्दा सरकारको कामकाज पूर्ण प्रभावित भएको गुनासो गर्नुभयो ।

गच्छदारले भन्नुभयो, ‘ आचारसंहिताको कारण आफ्ना मन्त्रालय मातहतका १०० उपसचिव, ३०० अधिकृतलगायत अन्य कर्मचारीको व्यवस्थापन गर्न नसकिएको र ६७ वटा गाउँपालिका कर्मचारीविहीन अवस्थामा पुगे । ’

कतिपय ठाउँमा कर्मचारी पठाउनुपर्ने, प्रदेशको राजधानी तोक्नुपर्ने र बाढीबाट क्षति भएका बाटोघाटोको मर्मतमा समेत कठिनाइ भएकाले केही दिनका लागि आचारसंहितालाई फिर्ता लिन उहाँले निर्वाचन आयोगलाई आग्रह पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed