Breaking News.... EverestOnlineKhabar
June 5, 2026

फ्लोरिडामा इर्मा आँधीको उत्पात…..

Loading

एजेन्सी,२५ भदौ ।
क्यारिबियन क्षेत्र हुँदै दक्षिण अमेरिकी राज्यहरुमा विध्वंस मच्चाउँदै अघि बढेको इर्मा आँधी अमेरिकी राज्य फ्लोरिडामा प्रवेश गरेको छ । फ्लोरिडा राज्यका गभर्नरले प्रभावित क्षेत्रका बासिन्दालाई आफ्नो निवास छाड्न आग्रह गर्दै नछाड्नेहरुलाई केही गर्न नसकिने चेतावनी दिएका छन् ।
आँधी प्रभावित सडकमा नरहन आग्रह गर्दै उनले शिविरहरुमा रहन भनेका छन् । गभर्नर रिक स्कटले खतरापूर्ण स्थानहरुबाट भाग्न अब धेरै ढिला भइसकेको भन्दै सचेत गराएका हुन् ।क्यारिबियन टापु हुँदै क्यूबामा तहस–नहस पारेर इर्मा फ्लोरिडा पुगेको हो । ६३ लाखभन्दा बढी अमेरिकी नागरिक आँधीबाट प्रत्यक्ष प्रभावित बनेका छन् ।
प्रतिघन्टा १९३ किलोमिटरको गतिमा आएको आँधीले ठूलो क्षति पुर्‍याउने मौसमविद्हरुले जनाएका छन् । एक साता लामो इर्माको उत्पातमा परेर २४ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed