Breaking News.... EverestOnlineKhabar
June 5, 2026

विद्यासुन्दरको मनोमानीले काठमाडौं महानगरमा भाँडभैलो, जनप्रतिनिधि दुई चिरामा

Loading

काठमाडौ,२२ जेठ ।
काठमाडौ महानगरका मेयर विद्यासुन्दर शाक्यको मनोमानी र भ्रष्ट नियतका कारण काठमाडौं महानगरपालिकामा भाँडभैलो मच्चिएको छ । विद्यासुन्दरकै कारण महानगरका जनप्रतिनिधि दुई धुव्रमा बाँडिएका छन्। निर्वाचित भएर कार्यभार सम्हालेको सय दिनमै नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधि दुई धुव्रमा देखिएका छन्।
दुई पार्टीबीच किचलो बढेपछि नगर कार्यापालिकाको बैठक समेत लामो सयमदेखि बस्न सकेको छैन्। महानगरका महत्वपूर्ण निर्णयहरु यही बैठकमार्फत पारित गर्नुपर्छ। साउन ८ गतेपछि कार्यपालिकाको बैठक नै बस्न सकेको छैन। साउन ८ गतेपछि बुधबार डाकिएको बैठकमा पनि जनप्रतिनिध दुई ध्रुवमा देखिएपछि सम्पन्न हुन सकेन । बिहान ८ बजे डाकिएको बैठक ११ बजेसम्म हुन नसकेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु मात्रै बसेर बैठक गरेको स्रोतले जानकारी दियो।
महानगरपालिकामा एमालेको तर्फबाट मेयर विद्यासुन्दर शाक्यसहित १९ र कांग्रेसतर्फबाट उपमेयर हरिप्रभा खड्गी सहित १५ जना जनप्रतिनिधि रहेका छन्। महानगरमा ३२ वडा रहेका छन् । यस अघि पनि मेयरले एक लौटी निर्णय गरेको भन्दै कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि रुष्ट हुँदै आएका थिए ।उपमेयर खड्गीलाई कुनै जानकारी नगरी कर्मचारीको सरुवा गरेपछि साताअघि मेयर उपमेयरको बोलचाल समेत बन्द भएको थियो । मेयर शाक्यले जनमुखी एजेण्डा नल्याएको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु बैठकमा सामेल भएनन् ।
मेयर शाक्यले कुनै अजेन्डा बनाउन पनि आफ्नो सल्लाह नलिएको उपमेयर खड्गीले बताईन्। कांग्रेसबाट जितेका जनप्रतिनिधिलाई शाक्यले नरुचाएको उनको भनाई छ । स्रोतका अनुसार मेयर शाक्यले सडकको नाम परिवर्तन गर्ने, प्रहरीको खाजा खर्च वृद्धि गर्ने, कर्मचारी करारमा थप्ने, करारका कर्मचारीको समयवधि थप्ने, आर्थिक सहायता दिने, कर्मचारीको सेवासुविधाको पुनरालोकन गर्ने, बागदरवारको पूनर्निर्माण गर्ने, विदेश भ्रमणको जानकारी गराउने लगायतका अजेन्डा अघि सारेका थिए।
कांग्रेसबाट विजयी एक प्रतिनिधिले भनेः‘कर घटाउनुपर्ने, भवन प्रमाणिकरण गराउनुपर्ने लगायतका अजेन्डा समेट्नपर्ने आफुहरुको माग राखेका थियौ तर मेयरले सुन्ने चाहनु भएन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed