![]()
काठमाडौ,२० भदौ ।
एएफसी एसियन कप छनोट फुटबलअन्तर्गत् घरेलु मैदानमा मंगलबार नेपालले ताजिकिस्तानसँग खेल्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा दिउँसो ३ बजे सुरु हुने खेल जित्नैपर्ने नेपाललाई दबाब रहेको छ ।सोमबार खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोली कम्तीमा बराबरी गर्ने उद्देश्यसहित मैदानमा उत्रने बताएका छन् ।
ताजिकिस्तानका प्रशिक्षक फुजेलोभ खाकिमले आफूहरु जित्नका लागि नेपाल आएको बताए । उनले नेपालविरुद्धको खेल सजिलो नहुने भएपनि जितका लागि आशावादी रहेको बताए । समूह‘एफ’ मा रहेको नेपालले यसअघि खेलेका दुई खेलमध्ये फिलिपिन्ससँग पराजय व्यहोरेको थियो भने यमनसँग बराबरी गरेको थियो । ताजिकिस्तानले भने दुबै खेल हारेको थियो ।
नेपालले ताजिकिस्तानविरुद्ध बराबरी खेल्यो भने अर्को चरण पुग्ने सम्भावनाबाट टाढिनेछ । अंक समीकरणअनुसार नेपाललाई जित्नैपर्ने दबाब छ । समूहको शीर्ष दुईमा रहने टिम सन् २०१९ मा युएईमा हुने एसिया कपका लागि छानिनेछन् ।


