Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनःकांग्रेसले ३२ स्थानीय तहमा उम्मेदवार छान्न बाँकी

Loading

जनकपुर,२० भदौ ।
स्थानीय तह निर्वाचन तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ को चुनावका लागि नेपाली कांग्रेसले अझै ३२ स्थानीय तहको विवाद टुंगाउन सकेको छैन। कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार लगभग ९० प्रतिशत ठाउँमा उम्मेद्वारी टुंगाइसकेको र बाँकीमा आजै सल्टाउने छ।
उनले भनेः‘मंगलबार बेलुकासम्म सबै ठाउँमा टुंग्याएर टिकट पठाइदिन्छौँ ।’ चुनावको एक महिनाअघि उम्मेद्‌वार टुंगाइसक्ने भनेको कांग्रेसले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्न २ दिन रहँदासम्म पनि टुंग्याउन नसकेको हो।
उसले प्रदेश नम्बर २ मा पर्ने ८ वटै जिल्लामा विवाद छन्। १ सय ३६ स्थानीय तहमध्ये ७३ वटा नगरपालिका छन्। विवादित मध्ये अधिकांश नगरपालिका छन्।
बाराको कलैया, जीतपुर, परवानीपुर, प्रसौनी र निजगढ नगरपालिकामा उम्मेद्‌वारी विवाद अझै सकिएको छैन। धनुषा जिल्लामा शहिदनगर, जगतनन्दिनी, हंसपुर, मिथिला बिहारी, मिथिला, सबैला, गणेशमान, चारनाथ नगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिका विवादित छन्।
महोत्तरीमा भंगाह, लाहोरपट्टी र वलवा नगरपालिकामा मेयर र उपमेयरको टुंगो लगाउन बाँकी छ। रौतहटका गौर, देवानी गोनाइ, मौलापुर र चन्द्रपुर नगरपालिका विवादित छन्।
त्यस्तै सप्तरीका कंचनपुर, खड्का, शम्भुनाथ र सरूङ्गना नगरपालिकामा मेयर उपमेयर कसलाई बनाउने भन्ने विवाद छ।
सर्लाहीको लालबन्दी र हरिवन नगरपालिका विवादित छन् भने सिराहा जिल्लामा लाहान, वरियारपट्टि, औरही, गोलबजार, मिर्चैँया र कर्जन्हा नगरपालिकाको पनि विवाद टुंगो लागेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed