![]()
एजेन्सी,१९ भदौ ।
रुसी खेलाडी मारिया सारपोभा युएस ओपन टेनिसको चौथो चरणबाटै बाहिरिएकी छिन् । डोपिङ कसुरमा तोकिएको प्रतिबन्ध सकाएर १९ महिनापछि टेनिस कोर्टमा फर्किएकी सारापोभाको पुनरागमन सुखद हुन भने सकेन ।
चौथो चरणको खेलमा सारपोभालाई लात्भियाकी अनास्तासिया सेभास्तोभाले ५–७, ६–४ र ६–२ ले हराएकी हुन् । यता अमेरिकी खेलाडी भेनस विलियम्स भने क्वाटरफाइनलमा पुगेकी छन् ।
चौथो चरणको खेलमा स्पेनिक कार्ला सुवारेज नाभारोलाई ६–३, ३–६ र ६–१ ले हराउँदै भेनस अन्तिम आठमा पुगेकी हुन् ।
यता पुरुष एकलतर्फ ईटालीका लोरेन्जीलाई ६–४, ६–३, ६–७ र ६–४ ले हराउँदै दक्षिण अफ्रिकाका केभिन एण्डर्सन क्वाटरफाइनलमा पुगेका छन् ।


