Breaking News.... EverestOnlineKhabar
June 19, 2026

निर्वाचन आचारसंहिता लागू भए पनि कर्मचारी सरुवा प्रक्रिया नरोकिने

Loading

काठमाडौ,१९ भदौ ।
सरकारले निर्वाचन आचारसंहिता लागू भए पनि कर्मचारी सरुवा प्रक्रियालाई नरोक्ने जनाएको छ । अत्यावश्यक कामका लागि कर्मचारीको सरुवा नरोकिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी दिएका हुन् ।
उनले निर्वाचन आयोगसँग अनुमति लिएर काज, सरुवा र पदस्थापना गरिने बताए । भदौ महिनाभित्र मन्त्रालयले सरुवा गर्ने व्यवस्था भए पनि निर्वाचन आचारसहिंता लागेपछि सरुवालाई प्रभावित बनाएको छ ।
‘आचारसहिंताले पहिला जस्तो सरुवा गर्न मिल्दैन, तर अत्यावश्यक र नभई नहुने ठाउँमा आयोगको सहमति लिएर सरुवा गर्छौँ,’ प्रवक्ता न्यौपानेले भने ।
मन्त्रालयले अहिलेसम्म १२९ अधिकृत सरह र १२७ सुब्बासरहका कर्मचारी सरुवा गरेको छ । ती कर्मचारीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा, विभिन्न मन्त्रालयमा काजमा र पदस्थापनाका लागि सरुवा गरिएको प्रवक्ता न्यौपानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed