Breaking News.... EverestOnlineKhabar
October 2, 2026

निर्वाचन आचार संहिता कसैले उल्लंघन गरेको देखे जानकारी गराउन आयोगको अपिल

Loading

काठमाडौ,१७ भदौ ।
निर्वाचन आयोगले कुनै पनि निकायले निर्वाचन आचार संहिता उल्लंघन गरेको भए जानकारी गराउन अपिल गरेको छ । आयोगले सूचना निकालेर आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावको लागि आचार संहिता लागु भइसकेको भन्दै आचार संहिता लागु भएका निकायले त्यस विरुद्ध केही गरेको भेटिए जानकारी गराउन अपिल गरेको हो ।
आयोगले सरकारी कोषबाट तलब भत्ता लिने कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गतका कर्मचारी, सरकारको पूर्ण वा आशिंक स्वामित्व भएका संगठिन संस्थानमा कार्यरत कर्मचारीको सरुवा, काज, भर्ना, नियुक्ति, पदस्थापन, विदेश भ्रमण वा सरकारी कोष एंव सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट पाउने कुनै पनि निकायमा राजनीतिक नियुक्ति भएको भेटिए जानकारी गराउन सार्वजनिक अपिल गरेको छ ।
आचार संहिता विपरित गतिविधि गरेको भेटिए आयोगको फोन नम्बर ०१–४२२९६४३ मा फोन गर्न अथवा जिल्ला निर्वाचन कार्यलयमा लिखित वा मौखिक जानकारी गराउन सबैलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed