![]()
काठमाडौ,१७ भदौ ।
अघिल्ला दुई चरणमा भएको स्थानीय तह निर्वाचन जस्तो तालमेलको सम्भावना २ नम्बर प्रदेशको चुनावमा भने न्यून देखिएको छ । प्रमुख सबै पार्टीभित्र आकांक्षीको व्यवस्थापन गर्न कठिनाइ परेका कारण तालमेलका सम्भावना कम हुँदै गएको हो । तैपनि कांग्रेस, माओवादी केन्द्र र राजपाबीच केही ठाउँमा तालमेलको सम्भावना छ ।
आफ्नो पोजिसन कमजोर भएको ठाउँमा स्थानीय स्तरबाटै तालमेलको प्रयास भइरहेको राजपा महासचिव झा बताउँछन् ।उनले भनेः‘आफ्नैमा मारामारको स्थिति छ, अरूसँग कसरी तालमेल गर्ने ? तैपनि महोत्तरीको बर्दिबासमा कांग्रेससँग, सप्तरीको रूपनी गाउँपालिकामा फोरमसँग र केही ठाउँमा माओवादीसँग तालमेलको प्रयास भइरहेको छ ।’
कांग्रेसले आफ्नो पोजिसन कमजोर रहेको स्थानमा तालमेल गर्ने भन्दै उम्मेदवार चयनमा ढिलाइ गर्दै आएको छ । एमाले नेताहरूले पनि तालमेलको सम्भावना रहेको बताएका छन् । तर कांग्रेससहितको सत्ता गठबन्धन एकतिर रहेकाले सम्भावना कम छ ।
यसअघिको गठबन्धनको परिणाम राम्रो छैन । तर कांग्रेसबाहेक अन्य सबै दलसँग तालमेल गर्न सकिने उसको भनाइ छ । माओवादी केन्द्रले पनि सत्तारूढ दलहरूबीचकै गठबन्धनमा जोड दिएको छ । यसअघि एमालेसँग तालमेल गरे पनि मधेसमा अन्य दलसँगको तालमेल बढी फाइदाजनक हुने उसको ठम्याइ छ । त्यसैले एमालेसँग तालमेलका लागि खासै कुराकानी नभएको माओवादी केन्द्रले जनाएको छ ।


