Breaking News.... EverestOnlineKhabar
June 19, 2026

उत्तर कोरियाको मिसाइल जापानको जमिनमाथि

Loading

एजेन्सी,१३ भदौ ।
उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । यस पटक उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसेको छ । मंगलबार बिहान उत्तर कोरियाले जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो ।
सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास नगरेको पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मिसाइल समुद्रमा खस्नुअघि तीन टुक्रा भएको जनाइएको छ । उत्तर कोरियाले पछिल्लो ८ वर्षमा धेरै प्रकारका धेरै मिसाइल परीक्षण गरिसकेको छ ।
तर जापानको माथिबाट जाने गरी मिसाइल परीक्षण गरेको भने पहिलो पटक भएको जनाइएको छ । गत शुक्रबार र शनिबार पनि उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट तीनवटा छोटो दूरीका मिसाइल परीक्षण गरेको थियो ।
जापानकै भूक्षेत्र माथिबाट मिसाइल परीक्षण गरिएपछि भने तनाव बढ्ने संकेत देखिएको छ । उत्तर कोरियालाई जापानले आवश्यक जवाफ दिने जापानको मन्त्रिपरिषदका सचिवले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed