Breaking News.... EverestOnlineKhabar
June 19, 2026

एमालेका शिर्ष नेता प्रदेश नम्बर २ मा केन्द्रीत….

Loading

जनकपुर,१३ भदौ ।
मधेस आन्दोलनमा आन्दोलनरत पक्षबाट सबभन्दा बढी अपजस खपेको पार्टी नेकपा एमाले अहिले तेस्रो चरणको स्थानीय तह निर्वाचनमार्फत प्रदेश २ मा पार्टीलाई बलियो बनाउन बिभिन्न तवरमा प्रयास जारी राखेको छ।
पार्टी उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा एउटा केन्द्रीय नेताहरुको टोली वीरगन्जसंगै पर्सा, बारा र रौतहट जिल्ला केन्द्रीत बैठकहरुमा ब्यस्त छ। यसै क्रममा पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सोमबार एक दिनमैं पर्साका चार वटा कार्यक्रममा सहभागि भएका छन् ।
बिहान उनले वीरगन्ज माहानगर वडा नम्बर १३ मा घरदौलो कार्यक्रममा मतदाताको दौलोमा पुगेका थिए । १० बजे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पर्साको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा प्रमुख अतिथी बनेर नेता नेपाल उपस्थित भए।
रामगढवास्थित पार्टी कार्यालयमा राखिएको कार्यक्रम लगतै नेपाल बुद्दिजीवी परिषद पर्साको एक दिवसिय भेलामा नेता नेपालले नेकपा एमालेलाई वीरगञ्ज महानगरमा मात्र नभइ प्रदेश नम्बर २ मै पहिलो पार्टीको रुपमा स्थापित गर्ने दावी गरे । एमालेलाई जिताउन आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न उनले बुद्धिजिविहरुलाई निर्देशन दिएका थिए । नेताहरु विष्णु पौडेल, इश्वर पोखरेल, नागेन्द्र चौधरी र सत्यनारायण मण्डल लगायत नेता पनि मधेशमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed