Breaking News.... EverestOnlineKhabar
May 11, 2026

देउवा सरकारमा किन थएिए ८ राज्यमन्त्री ? अझै १३ जना थपिने

Loading

काठमाडौ,५ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा ८ जना राज्यमन्त्री थपिएका छन् । माओवादी केन्द्रको कोटाबाट राज्यमन्त्री बनाइएकाहरुलाई प्रधानमन्त्री देउवाले आइतबार सिंहदरबारमा पद तथा गोपनियताको सपथ गराएका हुन् ।
नवनियुक्त राज्य मन्त्रीहरुमा मोहम्मद जाकिर हुसैन (महिला, बालबालिका तथा समाज कल्याण) , श्यामकुमार श्रेष्ठ (गृह), रामसिंह यादव (स्वास्थ्य), शम्भुलाल श्रेष्ठ (उर्जा), कर्णबहादुर वि.क. (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपन्छी विकास) र ओङ्दी शेर्पा (सामान्य प्रशासन) मन्त्रालय रहेका छन् ।
नेपाली कांग्रेसबाट १० र लोकतान्त्रिक फोरमबाट ३ जना राज्यमन्त्री थपिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.