![]()
काठमाडौ,१ भदौ ।
छविलाल जोशी र ठूले राई नेपाल प्रहरीका डीआईजी हुन् । तर, यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन् । काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापना नगर्दा दुवै प्रहरी अधिकारी डीआईजीको फुली लगाएर एसएसपीको भूमिकामा छन् ।
काठमाडौं परिसर रहेका प्रद्युम्न कार्की बढुवा भएर एसएसपी भए । उनी एसएसपीको फुली लगाएर एसपीको काम गरिरहेका छन् । एसएसपी प्रमुख हुने महानगरीय प्रहरी अपराध महाशाखाका प्रकाशजंग कार्कीले पनि एसएसपीको फुली लगाएर एसपीको भूमिका निर्वाह गरिरहेका छन् ।
हालै एआईजीपीमा बढुवा भएका ११ मध्ये अधिकांशको हालत पनि उस्तै छ । केही एआईजी डीआईजी हुँदाको बेला एआईजी प्रमुख रहने कार्यालयमा निमित्तका रुपमा सरुवा भएकाले उनीहरु विभाग प्रमुखको भूमिकामा त छन् तर, पदस्थापन सोही कार्यालयमा भएको छैन ।


