![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक्कासी पेट दुखेर अस्पताल भर्ना हुनु भएका पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री देउवाले चाबहिलस्थित ओम अस्पताल नै पुगेर निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । त्यसक्रममा केहीबेर राजनीतिक कुराकानी पनि भएको थियो ।
गत सोमबार राति अचानक पेट दुखेपछि नेता निधि चाबहिलस्थित ओम अस्पतालमा भर्ना हुनु भएको थियो । निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।
नेता निधिको आज बिहान सफलतापूर्वक इण्डोस्कोपी गरिएको छ । चिकित्सकले नेता निधिलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् ।


