![]()
एजेन्सी,३२ साउन ।
पोर्चुगलको मडेइरामा रुख ढलेर च्याप्दा कम्तिमा १३ जनाको ज्यान गएको छ । घटनामा अन्य ४९ जना घाइते भएका छन् । मडेइरा आइल्याण्डको फुन्चल बजारमा धार्मिक पर्व मनाउन भेला भएका मानिसको भिडमा रुख ढलेको हो ।
ज्यान गुमाउनेमा दुई बालबाकालिका पनि रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घाइते हुनेमा केही विदेशी नागरिक पनि रहेको उल्लेख गरिएको छ । फुन्चलमा रहेको दुई सय वर्ष पुरानो ओक्सको रुख लडेको हो । घटनापछि मडेइरा आइल्याण्डको स्थानीय सरकारले तीन दिने शोकको घोषणा गरेको छ ।


