![]()
काठमाडौं । हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बाढी पीडितका लागि राहत सामग्री लिएर तराइका जिल्लातर्फ गएका छन ।
लगातारको मुसलधारे बर्षाले तराई डुवानमा परेपछि राहत लिएर उनीहरु बर्दिवास गएका छन । ‘यो दुःख र आपद्का बेला केही राहत सामग्रीसाथ तराई झर्न लागेका हौं।’ धुर्मसले भने ‘मुसलधारे बर्षासँगैको भेलले बर्दिवाससहितका मधेशका बस्तीमा उध्धुम मच्चाएको खबरले हामी मर्माहत भएका छौं’ । आफ्नो राहत सामग्रीमा खाद्यान्न, टेण्ट, भाँडाकुँडा, औषधी र केही तयारी खानेकुरा रहेको उनले बताए ।
अविरल बर्षासंगै मधेसका बस्तीहरु कटान र डुबानमा परेपछि त्यहाँका नागरिकहरु अलपत्र परेकाले उनले सबैलाइ सहयोग गर्न पनि आग्रह गरे । ‘मानवता र सद्भावका लागि सहकार्य गरी प्राकृतिक विपद्संग सामना गर्न सबै नेपाली एक जुट हुनुपर्ने उनले बताए ।
धुर्मुस सुन्तली फाउण्डेसनले भूकम्प पीडितको लागि काभ्रेको पहरी बस्ती, सिन्धुपालचोकको गिरान्चौर बस्ती र मुहसरका लागि महोत्तरीको बर्दिबासमा एकिकृत नमुना बस्ती बनाइसकेका छन् ।


