Breaking News.... EverestOnlineKhabar
October 2, 2026

प्रदेश नम्बर २ स्थानीय तह चुनावको लागि एमालेले ल्यायो नयाँ रणनीति….

Loading

काठमाडौ,२७ साउन ।
प्रतिपक्ष दल नेकपा एमालेले आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको लागि नयाँ रणनीति ल्याएको छ । एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बिहिबार बसेको बैठकले प्रदेश नं २ का आठवटै जिल्लाको स्थानीय तहमा केन्द्रीय नेता नै खटाउने निर्णय गरेको छ । बैठकले २ नम्बर प्रदेशमा खटिएका केन्द्रीय पदाधिकारीको रिपोर्टको समिक्षा गर्दै उक्त निर्णय गरेको हो ।
बैठकमा प्रस्तुत गरिएको रिपोर्टमा तराईमा एमालेको पक्षमा परिस्थिति सकारात्मक बन्दै गएको, एमालेमा प्रवेशको माहोल सिर्जना भएको र भेला, बैठक, छलफल, अन्तरक्रियालगायत गतिविधि तीव्र ढङ्गले अगाडि बढिरहेको पार्टीका सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश नं २ का सबै पार्टी कमिटी, जनसंगठन, पार्टी कार्यकर्ता र सदस्यहरुलाई उच्च मनोबल र आत्मविश्वासका साथ निर्वाचनको तयारीमा जुट्न र पार्टीलाई बहुमतसहित पहिलो पार्टीका रुपमा स्थापित गर्न दृढताका साथ अघि बढ्न बैठकले निर्देशन गरेको विज्ञप्तिमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed