Breaking News.... EverestOnlineKhabar
May 12, 2026

लिभरपुलद्वारा बार्यन म्युनिख पराजित, पुग्यो फाइनलमा

Loading

एजेन्सी,१८ साउन ।
इंग्लिस क्लब लिभरपुल जर्मनीमा भइरहेको प्रि–सिजन भ्रमण अन्तर्गतको आउडी कप फुटबलको फाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखलाई ३–० ले हराउँदै लिभरपुलले फाइनलमा स्थान पक्का गरेको हो । लिभरपुललाई जिताउन छैटौं मिनेटमा साडियो माने, ३४ औं मिनेटमा मोहम्मद सालह र ८३ औं मिनेटमा ड्यानियल स्टुरेजले गोल गरे ।
लिभपुलले अब आउडी कपको उपाधिका लागि बुधबार बेलुका स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग खेल्ने छ । एथ्लेटिको मड्रिडले इटालियन क्लब नापोलीलाई हराएर फाइनलमा स्थान बनाएको हो । बार्यन म्युनिखले तेस्रो स्थानका लागि नापोलीसँग खेल्नेछ । यो आउडी कपको पाँचौं संस्करण हो । विभिन्न देशका फुटबल एसोसिएसनसँग सम्बन्धित चार क्लबबिच दुई दिन जर्मनीको म्युनिखमा हुने यो प्रि–सिजन फुटबल प्रतियोगिता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.