![]()
काठमाडौ,१२ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमणमा जाने भएका छन् । भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको स्रोतले जनाएको छ। भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी छन् । प्रधानमन्त्री देउवा भ्रमणको लागि कुन दिन आउने त्यस बारे निधो भने भएको छैन् ।
भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय र विदेश मन्त्रालयबीच मंगलबार भएको छलफल पछि यो मिति तय भएको हो। श्रोतका अनुसार भारतीय पक्षले नै अनुकुलता अनुरुप अगस्त ८ गतेको मिति बारे प्रस्ताव गरेको थियो। प्रधानमन्त्रीको रुपमा देउवाको यो तेश्रो भारत भ्रमण हुनेछ।
प्रधानमन्त्रीको आसन्न भ्रमणमा विगत केही समयदेखि गृहकार्य भइरहेको सानातिना चार पाच वटा विषयगत संझौता हुने सम्भावना रहेको दूताबास श्रोतले जनाएको छ। पूननिर्माण तथा पारवहनको विषयमा केहि संझौता हुने संभावना रहेको छ ।
आसन्न भ्रमण दुइ मुलुकबीच विगतमा भएका सहमति र संझौता कार्यान्वयन समीक्षा तथा द्धिपक्षिय संयन्त्रहरुलाइ सक्रिय बनाउने विषयमा केन्द्रित हुनेछ।


