Breaking News.... EverestOnlineKhabar
September 12, 2026

पहिरोले भोटेकोसी लार्चा पुल भाँचियो, तातोपानीसँगको सडक सम्बन्ध विच्छेद

Loading

सिन्धुपाल्चोक,९ साउन ।
आइतबार बेलुका आएको पहिरोले सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीको लार्चा पुल भाँचिएको छ । पुल भाँचिएपछि यातायात आवागमन अवरुद्ध बनेको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले भाँचेको हो ।
पुलको बीच भाग भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पुल भाँचिएपछि तातोपानी र बाह्रबिसेबीचको सम्बन्ध बिच्छेद भएको छ । यो पुल २ वर्षअघि मात्रै चिनियाँ सरकारको सहयोगमा निर्माण भएको थियो । यसअघि २०३८ मा पनि तातोपानीस्थित मितेरी पुललाई बाढीले बगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.