Breaking News.... EverestOnlineKhabar
May 12, 2026

तेस्रो चरणको स्थानीय तह चुनावः भदौ २१ गते उम्मेदवारी दर्ता

Loading

काठमाडौ,६ साउन ।
प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि भदौ २१ गते उम्मेदवारी दर्ता हुने भएको छ । असोज २ गते हुने चुनावका लागि निर्वाचन आयोगले बिहीबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । जस अनुसार भदौ २१ गते विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । त्यही दिन साँझ साढे ५ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने २२ गते उजुरी र त्यसमाथि छानविन हुनेछ ।
२३ गते उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने २४ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित हुनेछ । त्यही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ । प्रदेश नम्बर २ का ८ जिल्लाका १२७ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि असोज २ गते मतदान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.