![]()
नेपालगञ्ज,३ साउन ।
चिकित्सकमाथि हातपातको प्रयास र अस्पतालमा तोडफोड भएको भन्दै चिकित्सकहरुले मंगलबारदेखि बाँकेमा अस्पतालका आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरेको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघ भेरीले चिकित्सकलाई हातपात तथा दुव्र्यवहार र अस्पतालमा तोडफोड गर्नेबिरुद्द जिल्ला प्रशासनमा लिखित उजुरी दिए पनि कारवाही नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको जनाएको छ ।
संघले सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र निजी क्लिनिक बन्द गर्ने निर्णय गरेको हो । घटनामा संलग्न भनिएका सन्दिप सिंह, महेश खतिवडा, यादव बस्याल, कमल शाही लगायतलाई कारवाही गर्न संघले माग गरेको छ ।
गएको असार २८ गते माँ जानकी अस्पतालमा डा। श्यामसुन्दर यादवमाथी हातपातको प्रयास तथा दुव्र्यवहार भएको र अस्पतालमा तोडफोड भएको चिकित्सक संघले जनाएको छ । अन्य सेवा बन्द भए पनि आपतकालिन सेवा भने संचालन हुने संघले जनाएको छ ।


