![]()
काठमाडौ,२ साउन ।
प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले भरतपुर महानगरमा मतगणना या पुनः मतदानको विषयमा अदालत छिट्टै निर्णयमा पुग्ने बताए । उनले भनेः‘असोज २ मा अर्को चुनाव छ । त्योभन्दा अघि कानुनअनुसार हामी निर्णयमा पुग्छौं ।’ निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगको कारबाही रोक्न अदालतले गरेको आदेशबारे सांसदहरूको प्रश्नमा पराजुलीको उत्तर कूटनीतिक खालको थियो ।
उनले अगाडी भनेः‘अदालतमा न्यायाधीशलाई महाअभियोग मात्र आउँदैनन् । मलाई प्रधानन्यायाधीश बनाउनै हुन्न भनेर पनि मुद्दा आयो, निराकरण भयो,नीलो पानीमा तरंग भयो । तरंगित अवस्था व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य विषय हो । महाअभियोगको मुद्दा र शक्ति पृथकीकरणको सिद्धान्त पनि त्यसैगरी हामीले जिम्मेवार भएर व्यवस्थापन गर्ने हो ।’
सर्वोच्चको अन्तरिम आदेशपछि कार्की अदालत फर्के पनि महाअभियोगविरुद्धको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । संसद्मा महाअभियोग दर्ता गराएका सांसदहरूले भने यसअघि नै महाअभियोग फिर्ता लिएका छन् ।


