![]()
काठमाडौ,२ साउन ।
सिंगापुरमा आजदेखि सुरु हुने १९ वर्षमुनीको विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरसँग खेल्दैछ । सन्दीप लामिछानेको कप्तानीमा सिंगापुर गएको नेपाली टोलीले तीन सातासम्म भारतमा अभ्यास गरेको थियो । नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दास टोलीले सुखद सुरुवात गर्नेमा विश्वस्त छन् ।
नेपाल, सिंगापुर, अफगानिस्तान र मलेसिया गरी चार टिम सम्मिलित एसियाको छनोटमा सबै टिमले आपसमा दुई–दुई खेल खेल्नेछन् । विजेताले विश्वकपमा ठाउँ बनाउने छ । नेपाल र सिंगापुरबीचको खेल सिंगापुर क्रिकेट क्लब पदाङमा अहिले बिहान सवा ७ बजेदेखि सुरु भएको छ ।


