Breaking News.... EverestOnlineKhabar
May 12, 2026

विराटनगरमा एका विहानै गोली चल्यो, एक जना घाइते

Loading

विराटनगर,२९ असार ।
विराटनगरको मुनाल पथमा बिहीबार बिहान ७ः३० बजे अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् । उदयपुर बेलटारकी ४७ वर्षीया टिनादेवी विष्ट अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएकी हुन् । मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेको र उनीहरु भागेको प्रहरीले जनाएको छ । घटनाबारे थप केही खुलेको छैन ।
गोली लागेर घाइते विष्टलाई उपचारका लागि विराटनगर अस्पतालमा पुर्याइए पनि गोली कहाँ लागेको छ र अवस्था के छ भन्नेबारे प्रहरीले केही खुलाएको छैन । घटना बारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.