Breaking News.... EverestOnlineKhabar
May 12, 2026

राफेल नाडाल विम्बल्डन टेनिसको चौथो चरणबाटै बाहिरिए

Loading

एजेन्सी,२७ असार ।
स्पेनिस खेलाडि रफाईल नदाल विम्बल्डन टेनिसको चौथो चरणबाटै बाहिरिएका छन् । सोमबार राती भएको खेलमा लक्जेम्बर्गका जायल्स मुलरसँग पाँचौ सेटमा पराजित हुँदै नदाल प्रतियोगिताबाट बाहिरिएका हुन् । सुरुवाती चार सेटमा दुई दुईको बराबरी भएपछि खेल पाँचौ तथा निर्णायक सेटमा पुगेको थियो । चार घण्टा ४७ मिनेटसम्म चलेको खेलको पाँचौ तथा निर्णायक सेट १५–१३ ले जित्दै मुलरले तेस्रो पटक विम्बल्डन जित्ने नदालको सपना चकनाचचुर बनाइदिए ।
मुलरले अब क्वाटरफाइनलमा क्रोएसियाका मारिन सिलिचसँग खेल्नेछन् । विम्बल्डन टेनिसकै अर्को खेलमा फ्रान्सका बेनाई पाईरेलाई हराउँदै ब्रिटेनका एण्डी मरे पनि क्वाटरफाईनलमा उक्लेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.