![]()
काठमाडौ,२५ असार ।
राष्ट्रिय जनता पार्टी(राजपा) ले एक साताभित्र संविधान संशोधन प्रस्ताव पारित नभए संसद छोड्ने चेतावनी दिएको छ । राजपा नेपालका एक शीर्ष नेताले एक साताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे संसद छाड्ने चेतावनी दिएका हुन् । राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने र संसद छाड्ने चेतावनी दिएका हुन् । नेता यादवले सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने वचन दिएको बताए । आफूहरु पर्ख र हेरको अवस्थामा रहेको भन्दै उनले भनेः‘एक हप्ताभित्र पनि संशोधन प्रस्ताव पारित भएन भने हामी संसद छोडेर आन्दोलनमा होमिन्छौं ।’
संविधान संशोधन हुन नसके १२ महिनासम्म सत्तारुढ गठबन्धनसाग गरेको वार्ता निरर्थक हुने उनले बताए । संसदमा दर्ता भएको संशोधन प्रस्ताव सहमतिको दस्तावेज एमालेले पास गर्छ भनेर आफूहरुलाई विश्वास नभएको बताए । उनले भनेः‘पहिलो पटक संशोधन गर्दा पनि एमालेले खासै रुचाएको थिएन तर, राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणको लागि उसले बाध्य भएर पास गरेको हो ।’ राजपाका नेता यादवले एमालेभित्र मधेसी र जनजाति नभएको समेत आरोप लगाए ।


