Breaking News.... EverestOnlineKhabar
September 11, 2026

विराटनगर महानगरपालिकामा कांग्रेसका भीम र ईन्दिरा विजयी

Loading

विराटनगर,२५ असार ।
विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका भीम पराजुली विजयी भएका छन्। प्रदेश नम्बर १ तथा नेपालको औधोगिक क्षेत्र विराटनगरमा भीमले नेकपा एमालेका विनोद ढकाललाई ५ हजार ७ सय १० मतले पराजित गर्ने क्रममा २० वर्षपछि नेपाली कांग्रेसको गढ मानिएको विराटनगरमा आफूलाई स्थापित गरेका हुन्।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा बिद्रोही उम्मेदवारको छवी बनाएका भीमले २३ हजार ३१ मत प्राप्त गरे। उनको प्रतिद्वन्दी ढकालले १७ हजार ३ सय ७१ मत प्राप्त गरेका छन्। संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गरे।
उपमेयरमा नेपाली कांग्रेसकी इन्दिरा कार्की २० हजार १ सय ४६ मत प्राप्त गर्दै विजयी भइन। माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ४ सय २४ मत प्राप्त गरिन्। लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५ सय ३६ मत प्राप्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.