Breaking News.... EverestOnlineKhabar
May 11, 2026

मेक्सिकोः जेलमा दुई पक्षबीच झडप, २८ जना कैदी मारिए

Loading

मेक्सिको,२३ असार ।
मेक्सिकोको जेलमा दुई पक्षका कैदीबीच भएको झडपमा २८ जना मारिएका छन् । दक्षिण पश्चिम मेक्सिकोको अकापुल्को शहरमा रहेको जेलमा दुई विरोधी गूटबीच भएको झडपमा उनीहरु मारिएको जेल प्रशासनले जनाएको छ । धेरैजसो कूटपिटकै कारण मारिएका थिए भने केहीको शीर छेदन गरेर हत्या गरिएको जनाइएको छ । अकापुल्को मेक्सिकोकै अत्यन्तै धेरै हिंसा हुने र लागू पदार्थ उत्पादन हुने केन्द्रका रुपमा लिइन्छ ।
टाउको छिनालेका शव फेला परे पनि हतियार भने प्राप्त नभएको अधिकारीहरुको भनाइ छ । यो जेल निकै बढी कैदीले भरिएको र क्षमतभन्दा बढी कैदी राखिएको बताइएको छ । निकै पर्यटक जाने शहरका रुपमा पनि चिनिने यो स्थान लागू पदार्थ र लगातार भइरहने यस्तै हिंसाका कारण अहिले मृत शहरझै बनेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.