Breaking News.... EverestOnlineKhabar
May 11, 2026

एमालेका जिल्ला अध्यक्षलाई हराउँदै कांग्रेसका रमेश बने बुद्धशान्तिको प्रमुख

Loading

झापा,२३ असार ।
झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस उम्मेदवारले एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकलाई हराएका छन् । कांग्रेस उम्मेदवार रमेश भुजेल ७ हजार ९ सय ९६ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी पाठकले ७ हजार ३ सय ५३ मत ल्याए । पार्टी अध्यक्ष उठेको गाउँपालिकामा आफ्नो जीतलाई एमालेले प्रतिष्ठाको विषय बनाएको थियो । तर, अध्यक्षको गृह गाउँपालिकामा ६ सय ४३ मत अन्तरले पराजित भएको छ ।
त्यहाँ २ हजार ६६ मतसहित माओवादी केन्द्र तेस्रो शक्ति बनेको छ । माओवादी केन्द्रबाट खड्ग तिम्सिना उम्मेदवार बनेका थिए । यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार मिरा भुर्तेल विजयी भएकी छिन् । उनले ७ हजार ४ सय ५७ मत प्राप्त गरिन् ।
भुर्तेलकी निकटम प्रतिद्वन्दी कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार ८ सय ४ मत ल्याइन् । माओवादीबाट उपमेयरकी उम्मेदवार बनेकी अस्मितकला लिम्बुले २ हजार ५ सय ८ मत प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.