![]()
कपिलबस्तु,२१ असार ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका अब्दुल कलाम खाँ ७ हजार ७२४ मत सहित विजयी हुनुभएको हो । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीर्घ नारायण पाण्डेले ६ हजार ७ सय ४५ मत पाउनुभयो ।
त्यस्तै उपमेयरमा कांग्रेसकै शोभावती कुर्मी ६ हजार १३ मत सहित विजयी हुनुभएको छ । स्वतन्त्रका उम्मेदवार जीवन कुमार कुर्मीले ३ हजार ६४ मत मात्र पाउनुभयो ।


