![]()
काठमाडौ,२० असार ।
चर्चित हाँस्यकलाकार एंव नायक दिपकराज गिरीले प्रधानमन्त्री शेरवहादुर देउवाको समर्थन गर्दै ट्वीट गरेको छन् । कान्तीपुर टिभीवाट प्रशारण हुने साँझा सवाल कार्यक्रममा प्रधानमन्त्री देउवाले व्यक्त गरेको स्वभाविक आक्रोश बारे सामाजीक संजालमा विभिन्न टिकाटिप्पणी भईरहेका बेला गिरीले देउवाको समर्थन गरेका हुन् । कलाकार गिरीले देउवालाई निकै रोचक र घोचक ढंगले प्रहार गर्दै समर्थन गरेका छन् । कार्यक्रममा देउवाले दिएको रुखो भाषालाई गिरीले निकै हलुका र तथ्यहिन प्रश्नलाई निकै चोटिलो पाराले प्रहार गरेका छन् । गिरीले निकै चोटिलो पाराले साँझा सवाललाई प्रेम सवाल नाम दिएर व्यङ्ग्य गरेका छन् । उनले स्टाटस्मा लेखेका छन्ः
जोकःप्रेम सवाल……..
केटीःहेर अरु केटाहरु गर्लफ्रेण्डलाई कति माया गर्छन्
तिम्रो लागि चन्द्रमा ल्याईदिन्छु भन्छन् तिमी चाँही……
केटाःमैले कहाँबाट ल्याउने चन्द्रमा भनेर भन्देखिलाई….
नचाहिने कुरो गर्ने ? काम छैन् मेरो ? तिमीले ल्याउन सक्छौ ?
(केटा अत्यन्तै आक्रोशित केटी छक्क,जोक खत्तम)
दिपकराज गिरीको यो स्टाटस् सामाजीक सञ्जालमा निकै भाईरल भईरहेको छ ।


