Breaking News.... EverestOnlineKhabar
May 12, 2026

कपिलवस्तुको शुद्धोधनमा राजपा विजयी……?

Loading

कपिलबस्तु,१९ असार ।
पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका राजपाका एक उम्मेदवारले कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जित निकालेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा खडा भएका निसार अहमद खाँ गाउँपालिका प्रमुखमा विजयी बनेका हुन् ।
खाँले १ हजार ८ सय ३७ मतका साथ जित दर्ता गराउँदा उनका नजिकका प्रतिष्पर्धी अर्का स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरी १ हजार ७ सय ६३ मतमा रोकिए । यहाँ फोरम लोकतान्त्रिक तेस्रो भएको छ । यहाँ फोरम लोकतान्त्रिकका उम्मेदवारको पक्षमा १७३८ मत परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी सुधादेवी पाण्डेको पल्लाभारी भएको छ । पाण्डे गाउँपालिका अध्यक्षले भन्दा बढी मत २६३५ ल्याएर विजयी भएकी हुन् । यहाँको वडा नं. १ र ४ मा कांग्रेस, ५ र ६ मा राजपा, ३ मा राप्रपा र २ मा संघीय समाजवादी फोरमको प्यानल विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.