Breaking News.... EverestOnlineKhabar
August 13, 2026

राष्ट्रपति भएको पाँच महिनामै ट्रम्पले थाले चुनाव तयारी

Loading

एजेन्सी,१६ असार ।
अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले जिम्मेवारी सम्हालेको पाँच महिनामै आगामी निर्वाचनको तयारी शुरु गरेका छन् । उनले यति चाँडै आगामी चुनावको तयारी गर्नुलाई असामान्य मानिएको छ । उनको चुनावी तयारीप्रति तिव्र विरोधसमेत शुरु भएको छ ।
राष्ट्रपति ट्रम्पले वासिंटनस्थित आफ्नो एक होटलमा सन् २०२० मा हुने चुनावका लागि सहयोग संकलन कार्यक्रम आयोजना गरे । यो कार्यक्रममा सहभागी हुने हरेक व्यक्तिले ३५ हजार डलर सहयोग गर्नुपर्ने व्यवस्था गरिएको थियो, जहाँ तीन सयवटा कुर्सीको व्यवस्था गरिएको थियो ।
रिपब्लिकन अधिकारीले यो कार्यक्रमबाट एक करोड डलर सहयोग संकलन गर्ने लक्ष्य राखेका थिए । राष्ट्रपति ट्रम्पले आयोजना गरेको यो कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश दिइएको थिएन । तर ट्रम्पले कार्यक्रम गरेको होटल बाहिर पुगेर सर्वसाधारणले भने विरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed