![]()
काठमाडौ,असार ।
विपन्न तथा पिछडिएका जनताको सुविधाको लागि नमुना आवाश बस्ति बनाउँदै हिेको धुर्मुस र सुन्तलीले राम्रो काम गर्दा पनि विभिन्न पक्षवाट विभिन्न किसिमका गलत दवाव आईरहेको दुःखेसो पोखेका छन् । उनीहरुले निस्वार्थ भावले देश बनाउने अभियान संचालनको क्रममा विभिन्न पक्षवाट कमिसन दिनको लागि दवाव आईरहेको गुनाशो पोखेका हुन् । आफुहरुले देशको नागरिक भएकोमा कर्तव्य पुरा गर्न दीनदुखि गरिब जनता,भूकम्प पीडित जनताको लागि आफुहरुले जिम्मेवारी बोध गरेर,परिवार,पेशा त्याग गरेर लागे पनि आफुहरुले सहयोग नपाएको गुनाशो गरेका छन् । एकिकृत वस्ती विस्तारको अभियान सुरु गरेपनि यो अभियान अगाडी बढाउन प्रयाप्त सहयोग गर्नुको सट्टा असहयोग भईरहेको उनीहरुको टिप्पणी छ । मुसहर बस्ती निर्माणको क्रममा पनि राजनीतिक दलहरुले सहयोग नगरेको देःखेसो उनीहरुको छ । विभिन्न दवाव,असहयोगका बाबजुद पनि नमुना देश निर्माणको अभियान जारी रहने धुर्मुस सुन्तलीले दृढता व्यक्त गरेका छन् ।


