Breaking News.... EverestOnlineKhabar
April 19, 2026

दोस्रो चरणको स्थानीय तह निर्वाचनःप्रारम्भमा एमालेलाई धक्का….

Loading

काठमाडौ,१५ असार ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई धक्का लाग्ने संकेत देखिएको छ । पहिलो चरणको स्थानीय चुनावको सुरुवाती चरणदेखि नै नेकपा एमालेले अग्रता लिएको थियो । एमालेको सुरुवातको अग्रता पछिसम्मै कायम रहेको थियो । ऊ नेपाली कांग्रेसलाई २० स्थानमा पछि पार्दै पहिलो दल बन्न बन्न सफल भएको थियो ।
तर, दोस्रो चरणको चुनावी रुझानमा भने पहिलो चरणमा जस्तो एमालेको आक्रामकता देखिएको छैन । केपी ओलीकै गृहजिल्ला झापाका केही गाउँपालिका र दमक नगरपालिकामा समेत सुरुवाती चरणमा एमालेले अग्रता लिन सकेको देखिएन ।
दाङ, प्युठान लगायतका जिल्लामा माओवादीको प्रारम्भिक अग्रता देखिँदैछ । त्यसैगरी ७ नम्बर प्रदेशका पहाडी जिल्लामा कांग्रेसले अग्रता लिएको छ भने कैलाली कञ्चनपुरमा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले समेत केही स्थानमा अग्रता लिएको छ ।
भर्खरै मतगणना सुरु भएकाले अहिले नै भावी परिणामबारे अनुमान लगाउन गलत हुनेछ तर पूर्वसंकेत चाहिँ कस्तो देखिएको छ भने यो निर्वाचनमा एमालेलाई निकै ठूलो धक्का लाग्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed