![]()
एजेन्सी,१४ असार ।
चिलीले पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोलाई सकेसम्म बल छुन नदिने रणनीति लिने भएको छ । चिलीले फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा बुधबार राति पोर्चुगलसँग खेल्दैछ । यो खेलमा चिलीले रोनाल्डोलाई सकेसम्म बलबाट पर राख्ने प्रयास गर्ने वा उनलाई बल छुन नदिने रणनीति लिने भएको हो । कजानमा हुने सेमिफाइनलमा रोनाल्डोला बल छुने अवसर कम गराउन सके नै आफूहरु अघि बढ्ने सम्भावना रहेकाले त्यही रणनीति अपनाउने चिलीका मिडफिल्डर मार्सेलो डिएजले बताए ।
पोर्चुगललाई कनफेडेरेशन कपको सेमिफाइनलसम्म ल्याउने क्रममा रोनाल्डोले दुई गोल गरिसकेका छन् । रोनाल्डो निकै उत्कृष्ट तथा खतरनाक खेलाडी रहेकाले आफूहरु निकै सतर्क भएर प्रस्तुत हुने डिएजले बताए ।
उनले भनेः‘रोनाल्डो एक्लैले खेलको निर्णय बदल्न सक्छन् । उनी यो सिजन राम्रो लयमा छन् र अहिले पनी उही उत्साहका साथ खेलिरहेका छन् । हाम्रो मुख्य प्रयास नै उनलाई बल छुन नदिने र गोल गर्ने अवसरबाट पर धकेल्ने रहने छ ।’


