Breaking News.... EverestOnlineKhabar
April 19, 2026

मुलुकका २३ वटा मन्त्रालय अझै खाली, सेवाग्राहीलाई सास्ती

Loading

काठमाडौ,१२ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीमा निर्वाचित भएको १९ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । जसका कारण २३ मन्त्रालय मन्त्रीविहीन छन् । २३ मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री आफैं एक साताका लागि काठमाडौं बाहिर छन् ।
१९ दिनदेखि मन्त्रीविहीन मन्त्रालयमा प्रशासनिक बाहेक जनताका कुनै पनि काम हुन सकेका छैनन् । संघीयता कार्यान्वयनका महत्त्वपूर्ण जिम्मेवारी रहेका मन्त्रालयमा समेत मन्त्री नरहँदा गम्भीर समस्या परिरहेको प्रशासकहरुले बताएका छन् । मन्त्रालयमा विभिन्न काम लिएर आउने सेवाग्राहीलाई मन्त्रालयका कर्मचारीले मन्त्री हुनुहुन्न, मन्त्री बहालीपछि आउनुहोस् भन्दै फिर्ता गर्न थालेपछि सिंहदरबार सुनसान रहेको छ ।
हाल आपूर्ति, उद्योग, ऊर्जा, कृषि विकास, खानेपानी तथा सरसफाइ, जनसंख्या तथा वातावरण मन्त्रालय मन्त्रीविहीन छन् । त्यसैगरी पशुपंक्षी, भूमिसुधार तथा व्यवस्था, भौतिक पूर्वाधार तथा यातायात, महिला तथा बालबालिका, युवा तथा खेलकुद, रक्षा, वन तथा भूसंरक्षण, वाणिज्य, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माणलगायतका मन्त्रालयले पनि मन्त्री पाएका छैनन् । प्रधानमन्त्री देउवाले असार १४ गतेपछि मात्र मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed