Breaking News.... EverestOnlineKhabar
April 19, 2026

विद्यालय जाँदै गरेका शिक्षकमाथि गोली प्रहार

Loading

जनकपुर,११असार ।
धनुषाको सिनरजोरास्थित विलख सर्वोदय मा.वि.का प्रधानाध्यापक नरेन्द्र शर्मामाथि गोली प्रहार गरिएको छ । गोली प्रहारबाट शर्मा गम्भीर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आइतबार बिहान आफ्नो घर जिरो माइलबाट मोटरसाइकलमा विद्यालय जाँदै गर्दा मोटरसाइकलमै आएका दुई अज्ञात व्यक्तिले सुनसान स्थलमा मोटरसाइकल रोक्न लगाई गोली प्रहार गरी फरार भएका हुन् ।
आक्रमणकारी नम्बर नखुलेको होण्डा साइन मोटर साइकलमा आएको प्रहरीको भनाइ छ । प्रधानाध्यापक शर्मासँगै मोटर साइकलमा सवार सिराहाका आनन्द मण्डललाई केही नगरिएको भएपनि डरले उहाँ बेहोस हुनुभएको छ । दुवै जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed