Breaking News.... EverestOnlineKhabar
April 19, 2026

प्रधानमन्त्री देउवा गृह जिल्ला दौडाहामा………

Loading

डडेल्धुरा,११ असार ।
प्रधानमन्त्री शेरवहादुर देउवा गृह जिल्ला डडेल्धुराको चुनावी दौढमा रहेका छन् । प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगेलगत्तै विभिन्न चुनावी सभाहरुमा सरिक भएका छन् । देउवाले शनिवार मात्रै परशुराम,शिखर नगरपालिका लगायतका स्थानमा भएको नेपाली कांग्रेसका चुनावी सभालाई सम्वोधन गरेका छन् । प्रधानमन्त्री देउवा असार १४ गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो स्थानीय तहमा भोत खसालेर मात्र काठमाडौ फर्किने छन् । विभिन्न चुनावी सभालाई सम्वोधन गर्दै सभापति देउवाले मुलुकको समग्र विकासको लागि नेपाली कांग्रेसलाई जिताउनै पर्ने धारणा राखेका छन् ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस दोस्रो स्थानमा रहेपछि दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो स्थानमा आउन नेपाली कांग्रेसका शीर्ष नेताहरु चुनावी दौडाहामा लागेको छन् । प्रधानमन्त्री एंव पार्टीसभापति शेरवहादुर देउवाले प्रदेश नम्बर ७ को मोर्चा सम्हालेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नम्बर ४ को मोर्चा सम्हालेका छन् । यस्तै,पार्टीका प्रभावशाली नेता विमलेन्द्र निधिले प्रदेश नम्बर १ को मोर्चा सम्हालेका छन् भने अन्य वरिष्ठ नेताहरु पनि विभिन्न क्षेत्रमा गएर चुनावी सभालाई सम्बोधन गर्नुका साथै मतदाताको घरदैलो धाईरहेका छन् ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा कुनैपनि नेता यसरी चुनावी दौडाहामा लागेका थिएनन् । शीर्ष नेताहरु चुनावी दौडाहामा नलागेकोले कांग्रेस पराजित भएको कार्यकर्ताको गुनाशोपछि दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भने नेताहरु दौडाहामा लागेका हुन् । दोस्रो चरणको निर्वाचनमा ३३४ स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचन प्रचारप्रसारको आज अन्तिम दिन पनि हो । आज राती १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed