Breaking News.... EverestOnlineKhabar
April 19, 2026

परिक्षा पास गर्न नसक्ने अयोग्य अस्थायी शिक्षकहरुको दुवै हातमा लड्डु….

Loading

काठमाडौ,१० असार ।
अस्थायी शिक्षकहरुले परीक्षा पछिको सुविधा पाउने भएका छन् । सबै अस्थायी शिक्षकहरुलाई परीक्षाको मौका दिने र असफललाई ऐनले दिएको बाहेकका आषधी उपचार सहितको सुविधा उपलब्ध गराउन तत्काल ऐन संशोधन गर्ने सरकार र अस्थायी शिषकहरु बीच सहमति भएको छ । सहमति भएसँगै अस्थायी शिक्षकहरुको आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएका छन् । शुक्रबार शिक्षामन्त्रालयका भएको अस्थायी शिक्षक, शिक्षक महासंघ र मन्त्रालय बीचको त्रिपक्षिय वार्ताले ४ बुंदे सहमति गरेको हो ।
अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीच भएको सहमति यस्तो छः
१. सवै अस्थायी शिक्षकहरुलाई आन्तरिक परीक्षामा सहभागी हुन मौका प्रदान गरी परीक्षामा सफल हुन नसकेका शिक्षकहरुको हकमा शिक्षा ऐनको आठौं संशोधनले गरेको व्यवस्था अनुसारको सुविधाका अतिरिक्त औषधी उपचार खर्च समेतको व्यवस्था गर्न शिक्षा ऐनको संशोधन प्रक्रिया तत्काल अगाडी बढाइने ।
२. २०६१ साउन २२ गते देखि २०७२ असोज २ सम्मको कुल रिक्त दरवन्दीको उनन्चास प्रतिशतमा आन्तरिक र एकाउन्न प्रतिशतमा खुला विज्ञापन गर्ने सम्बन्धमा आन्तरिक तर्फको विज्ञापनमा पदसंख्या समायोजन (अनुपात मिलाउन) गर्नका लागि थप गृहकार्य गर्न शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र आन्दोलनरत शिक्षकका प्रतिनिधि रहने गरी एघार सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलको समयावधि १५ दिनको हुने ।
३. शिक्षक विज्ञापनको पाठ्यक्रम, प्रश्नपत्र ग्रिड र परीक्षा लगायतका विषयलाई थप सुधार गर्न गृहकार्य गर्ने ।
४. मिति २०७४ साल असार ९ गते दिनको ४ बजेदेखि आन्दोलनरत अस्थायी शिक्षकहरुले अनशन लगायतका आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed