Breaking News.... EverestOnlineKhabar
April 19, 2026

सन्धिखर्कमा कांग्रेस–माओवादी र एमालेवीच त्रिपक्षिय भिडन्त….

Loading

सन्धिखर्क,१० असार ।
अर्घाखाँचीको चोक, गल्ली तथा गाउँगाउँमा चुनावकै चर्चा छ । चिया पसलदेखि पानीधारासम्म कसले चुनाव जित्छ भन्ने अड्कलवाजीहरु भइरहेका छन् । दुई दशक पछि स्थानीय तहको चुनाव हुन लागेकाले अर्घाखाँचीका नागरिकमा स्थानीय चुनावमा उत्साह थपेको छ ।
तिनै उत्साहित मतदाताको मन जित्न अर्घाखाँचीमा क्रियाशील राजनीतिक दलहरुले विभिन्न एजेण्डा लिएर भोट मागिरहेका छन् । मानो रोपेर मुरी फलाउने समयमा चुनावी रौनक आएसँगै आफ्नो घर धन्दाको कामलाई व्यवस्थापन गरेर भएपनि कृषकहरुसमेत चुनावी रौनकका पछि लागेका छन् ।
यो नगरमा माओवादी र कांग्रेसबीच तालमेल भएको छ । एमाले एक्लै चुनावी मैदानमा छ । कांग्रेसले पूर्व जिल्ला सभापतिसमेत रहेका महासमिति सदस्य र एमालेले उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यलाई उम्मेदवार बनाएकोले पनि दलहरु सन्धिखर्कमा केन्द्रित छन् ।
कांग्रेससंग तालमेल गरेको माओवादीले पनि उपमेयरमा जिल्ला संयोजकलाई नै उम्मेदवार बनाएको छ । सन्धिखर्कमा कांग्रेस–माओवादी गठबन्धन र एमाले दुवैले जित सुनिश्चत भएको दावी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed