Breaking News.... EverestOnlineKhabar
April 19, 2026

मधेश केन्द्रित दलःकोही मत माग्दै,कोही बहिस्कार गर्दै,जनता भने मतदान गर्न आतुर

Loading

सुनसरी,१० असार ।
प्रमुख तीन मधेसवादी दल यतिबेला जनताको घरदैलोमा व्यस्त छन् । संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम जनताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु भने निर्वाचन बहिष्कारको एजेन्डासहित जनताको घरदैलोमा पुग्गिरहेको छ ।
फोरम नेपाल र लोकतान्त्रिक फोरमका नेता संविधान संशोधन र आर्थिक संवृद्धिका लागि विकास योजनाका मुद्दा लिएर घरघरमा पुगिरहेका छन् । निर्वाचनमा सहभागी यी दुई फोरमले स्थानीय निर्वाचनलाई संघर्षकै अर्को चरणका रुपमा लिएका छन् । संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले आफूहरुको चुनावी नारा नै संविधान संशोधन, आर्थिक संवृद्धिका लागि विकासका मुद्दा रहेको बताए । फोरम नेपालका उम्मेदवारहरु घरदैलो, प्रचारप्रसार, आमसभालगायत काममा व्यस्त रहेको उनले जनाए ।
यता,राजपा नेपालका महासचिव मनीष सुमनले निर्वाचन बहिष्कार गर्न जनताकै बीचमा आमसभा, घरदैलोलगायत कार्यक्रम गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed