Breaking News.... EverestOnlineKhabar
May 12, 2026

राजपाका कार्यकर्ताद्वारा रुपन्देहीमा स्वतन्त्र उमेदवारी दर्ता

Loading

भैरहवा । निर्वाचन बहिस्कारमा रहेको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले रुपन्देहीमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
राजपाको प्रभावक्षेत्र मानिएको रुपन्देहीको मर्चवार समरी गाउँपालिकामा राजपाका अशोक शुक्लले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गराएका हुन् ।
उक्त क्षेत्र राजपा नेता सर्वेन्द्रनाथ शुक्लको क्षेत्र हो । मर्चवार समरी गाउँपालिकाको उपाध्यक्षमा समरुद्धिन शेखले उमेदवारी दर्ता गराएका हुन् । दुवै राजपाका सक्रिय कार्यकर्ता हुन् ।
अन्य गाउँपालिका र नगरपालिकामा पनि स्वतन्त्र उमेदवारी दिने तयारी भएको राजपाका एक जिल्ला नेताले जानकारी दिए ।
रुपन्देही, कपिलबस्तु, नवलपरासीमा अहिले शान्तिपूर्ण रुपमा उमेदवारी दर्ता भइरहेको अञ्चल प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.