![]()
मुगु,जेठ ।
जिल्लाको गमगढी नाक्चेनाग्ला तिब्बत जोड्ने सडक निर्माणमा १० करोड बजेट खर्च भएपनि जम्मा १५ किलोमिटर मात्र ट्रयाक खुला भएको छ । २०६७ सालदेखि निर्माण सुरु भएको उक्त सडक अहिलेसम्म १० करोड लागतमा १५ किलोमिटर ट्रयाक ओपन भएपनि अझै ७० किलोमिटर बाँकी छ ।
गमगढी नाक्चेनाग्ला सडक निर्माणको लागि सरकारले ठेक्का खोल्ने र ठेकेदार घटिघटाउना ठेक्का स्वीकृति गरी कछुवाको गतिमा काम गर्ने गरेका छन् । जुम्ला सडक डिभिजन कार्यालयले यो आबमा करिब ९ करोड बजेटको ठेक्का खोल्यो सत्य साई निर्माण सेवाले ३ करोडमा ठेक्का स्वीकृति गरी काम गर्दै आएको छ ।
कोही ठेकेदारले गमगढी नाक्चेनाग्ला सडक निर्माणको निम्ति ठेक्का स्वीकृति गराए पनि समयमा काम नगर्दा बजेट फ्रिज जाने गरेको पाइएको छ । प्रदेश नं ६ कै राष्ट्रिय गौरवको आयोजनाको रुपमा चिनिने उक्त सडक निर्माण कार्य ढिलाईले अझै दुई दशक लाग्ने अनुमान गरिएको छ ।
नेपालका उत्तरी तिब्बत सातवटा नाकामध्ये नाक्चेनाग्ला सबैभन्दा छोटो र सहज नाका मानिन्छ । कामको ढिलासुस्तीले ओझेलमा परेको छ । ठेकेदारमार्फत बजेट सक्ने कामले गति नलिने भएपछि मुगुवासी निरास भएका छन् ।


