![]()
काठमाडौ,जेठ ।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले सरकारलाई ९ पेज लामो स्पष्टिकरण दिएका छन् । सरकारले युवा तथा खेलकुद मन्त्रालय मार्फत उपाध्यक्ष ढुंगेललाई कार्यशैली चित्त नबुझेको भन्दै स्पष्टिकरण सोधेको थियो । जवाफमा ढुंगेलले आफु नियुक्ति भएको दिन देखि अहिलेसम्म गरेका काम तथा व्यवस्थापनसहित स्पष्टिकरणको जवाफ फर्काएका छन् । जवाफमा ढुंगेलले अपमानित ढंगले स्पष्टिकरण सोधिएको,आफुलाई काम गर्न अवरोध गर्ने नियत रहेको बताएका छन् । उनले राष्ट्रिय युवा परिषद् ऐन र नियमावली विपरित रहेको ऐनको दफा १६ तथा नियमावलीको नियम ११ बमोजिम सेवाका शर्तहरु विपरित स्पष्टिकरण सोध्ने कार्य राष्ट्रिय युवा परिषद् ऐन,२०७२ र राष्ट्रिय युवा परिषद् रहेको जनाएका छन् । नियमावली २०७३ विपरित रहेको जनाएका छन् । हेर्नुस् राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले पेश गरेको स्पष्टिकरणः



