Breaking News.... EverestOnlineKhabar
April 21, 2026

हेटौंडा उप–महानगरपालिकामा कांग्रेस–एमालेबीच रोचक भिडन्त…

Loading

हेटौडा,९ जेठ ।
हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमाले र कांग्रेस उम्मेदवारबीचको टक्कर निकै रोचक बनिरहेको छ । १९ वटा वडा रहेको उपमहानगरपालिकाका पछिल्लो मतगणना अनुसार दुई उम्मेदवारबीच जम्मा ४५ मतको फरक देखिएको छ ।
नेपाली कांग्रेसका उम्मेद्वार आनन्दराम पराजुलीले १८ हजार ७ सय ७४ मतसहित अग्रता लिइरहेका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार हरिबल महतले १८ हजार ६ सय ९९ मतसहित चुनौती दिइरहेका छन्।
उपमेयरको भिडन्तमा भने एमाले निकै बलियो बनिसकेको छ । एमाले उम्मेदवारले १८ हजार ४१ मत ल्याउँदा माओवादीको उम्मेदवारले १३ हजार ५२ मत ल्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed