![]()
एजेन्सी,८ जेठ ।
मुम्बई इन्डियन्सले रोमाञ्चक खेलमा राइजिङ पूणे सुपरजाइन्ट्सलाई १ रनले पराजित गरेको छ। मुम्बईको आइपिएलमा यो तेस्रो सफलता हो। मुम्बईले पहिलो इनिङमा बनाएको १ सय २९ रनको जवाफमा पूणेले १ सय २८ रन मात्र बनाउन सफल भयो।
मुम्बईको जितमा अन्तिम ओभरमा मिचेल जोन्सनले लिएको २ विकेट महत्वपूर्ण बन्न पुग्यो। अन्तिम ओभरमा पूणेलाई जितका लागि ११ रन आवश्यक थियो। पहिलो बलमा मनोज तिवारीले चौका प्रहार गर्दै जितलाई नजिक पुर्याएका थिए।
तर, उनी जोन्सनको दोस्रो बल र कप्तान स्टिभन स्मिथ तेस्रो बलमा आउट भएपछि पूणेले खेल गुमायो।


